महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलागा द्वितीया - १७

कार्यालयको परिचय

कार्यालयको परिचय

घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन तथा विकास सम्बन्धी कार्यलाई प्रभावकारी रुपमा संचालन गरी संस्थागत रुपमा सेवा उपलब्ध गराउने उद्धेश्यले गठन आदेश २०३१ बमोजिम घरेलु तथा ग्रामिण उद्योग विकास समितिको स्थापना भएको हो । परिवर्तित परिप्रेक्ष्यमा यसका कार्य क्षेत्रलाई वृद्धि गरी अझ वढी सक्षम र प्रभावकारी बनाउन २०४९ सालमा घरेलु तथा साना उद्योग विकास समिति नामाङ्कन गरी तत्काल विद्यमान कार्य क्षेत्र ४८ जिल्लामा विस्तार भै रामेछाप जिल्लालाई पनि उद्योग प्रशासनका थप जिम्मेवारी पनि सुम्पिएको र आ.व.०६२/०६३ वाट वाणिज्य प्रशासन तर्फको समेत कार्य गदै आईरहेको छ । मुलुक संघीय संरचनामा प्रवेश गरे पश्चात साविकमा नेपाल सरकार, उद्योग मन्त्रालय अन्तरगतको घरेलु तथा साना उद्योग विकास समिति मातहतमा संचालित यस कार्यालय केही समय स्थानीय तहमा उद्योग विकास शाखाको रुपमा रहेकोमा प्रदेश सरकारको स्थापना भएपश्चात २०७५ साल देखि २०७८ सालसम्म उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत, २०७८ देखि २०७९ सम्म उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, २०७९ देखि २०८० सम्म पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय मातहत तथा २०८० साल भाद्र देखि उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय अन्तरगत रही उद्योग तथा वाणिज्य प्रशासनका अलावा विविध किसिमका उद्यमशिलता विकास, सीप विकास, क्षमता अभिवृद्धि तथा उपभोक्ता हक हित संरक्षण सम्बन्धी कार्यहरु गदै आईरहेको छ ।

कार्यालय अवस्थित रहेको ठेगानाः मन्थली न.पा. -०१, मन्थली,  रामेछाप 

गुगल म्यापमा हामीलाई तलको लिङ्कमा भेट्न सकिन्छ ।

Map Location